७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काँग्रेस, गण्डकी प्रदेश सभापतिमा चारजना आकांक्षी

काँग्रेस, गण्डकी प्रदेश सभापतिमा चारजना आकांक्षी
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।

हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ । आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिनुहुन्छ । उहाँ कास्की काँग्रेसमा १७ वर्षसम्म सभापति बनिसक्नु भएको छ ।

२०२६ सालमा काँग्रेस राजनीतिमा प्रवेश गर्नुभएका उहाँ हाल ७५ वर्षको पुग्नुभयो । यसअघि उहाँ रामचन्द्र पौडेल पक्षको रुपमा चिनिनु भएको थियो । यद्यपी उहाँ सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्नुहुन्छ । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएका शर्माले आफूले काँग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताउनु भयो ।

त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गर्नु भएका देवराज चालिसे पनि पौडेल समूहको नै हुनुहुन्छ । उहाँले विद्यार्थी कालदेखि राजनीति शुरु गर्नुभएको थियो भने बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । तर उहाँ सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्नुहुन्छ । उहाँ गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित हुनुभएको थियो । सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा काँग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताउनु भयो ।   

त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गर्नुभएका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुनुहुन्छ । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसक्नु भएको छ । उहाँले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशिर्वाद रहेको बताउनु भयो । नेता पौडेलले काँग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताउनु भयो ।   

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिनुभएको छ । उहाँसँग काँग्रेसका केन्द्रिय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ । उहाँले देउवा पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । गण्डकी प्रदेश संगठन बलियो बनाउन, काँग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको उहाँको भनाइ छ ।

काँग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । काँग्रेसका नेताहरुको उम्मेदवार छनोट र  निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो काँग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिनु भएको छ । उहाँले काँग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो ।

काँग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधी गरी करिव २ हजार जनाले मतदान गर्ने छन् ।