७ पुष २०८२, सोमबार
,
Latest
म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ सय वर्ष पुरानो रूख चोरी



अ+ अ-

काठमाडौं । चोरले केही पनि बाँकी राख्दो रहनेछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरू ६ वटा रूखसमेत चोरिएका छन् ।

ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो ।

चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने कार्यक्रम थियो । जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ । बोनसाई असली रूपमा रूख जस्तो देखिए पनि आकारमा कैयौं सानो हुने गर्छ । घरमा भाँडोमै बोनसाई हुर्काइन्छ ।

उक्त बोनसाईको रेखदेख गर्दै आएका सिजी इमुराकी पत्नी फुयुमीले त्यसलाई नियमित रूपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन् । उनले चोरलाई सम्बोधन गर्दै भनेकी छन्, ‘पानी नदिने हो भने बोनसाई एक साता पनि बाँच्ने छैन । हामीले यसलाई आफ्नै सन्तान जसरी रेखदेख गर्दै आएका थियौं । तिमीले पनि त्यस्तै माया गर्नू ।’

बोनसाई चोरी भएपछि आफ्नो शरीरको भाग काटेको जस्तै पीडा र छटपटी भएको उनले बताइन् । उनको ठम्याइमा चोर निकै सिपालु हुनुपर्छ । ‘३ हजार विरुवामध्ये सबैभन्दा महँगो बोनसाई छानेर लैजान चानचुने चोरले पक्कै सक्दैन’, उनले भनेकी छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।