२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशनमा अनुपस्थित प्रचण्ड राप्रपाको एकता महाधिवेशनमा पुगे



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन् ।

केहीदिन पहिले चितवनमा भएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डलाई पनि एमालेले निम्तो दिएको थियो । तर, उनी गृहजिल्ला पुगेनन्, व्यस्तताको कारण देखाउँदै उनी काभ्रे गएका थिए । 

प्रचण्डससँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि भृकुटीमण्डप पुगेका छन् । नेपाललाई भने एमालेले उद्घाटन सत्रमा निम्तो दिएको थिएन । 

राप्रपाको महाधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् ।