१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशनमा अनुपस्थित प्रचण्ड राप्रपाको एकता महाधिवेशनमा पुगे



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन् ।

केहीदिन पहिले चितवनमा भएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डलाई पनि एमालेले निम्तो दिएको थियो । तर, उनी गृहजिल्ला पुगेनन्, व्यस्तताको कारण देखाउँदै उनी काभ्रे गएका थिए । 

प्रचण्डससँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि भृकुटीमण्डप पुगेका छन् । नेपाललाई भने एमालेले उद्घाटन सत्रमा निम्तो दिएको थिएन । 

राप्रपाको महाधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् ।