• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

ओली सरकारको १ वर्ष, माधव र झलनाथ कार्यक्रममा आएनन्



काठमाडौं । सरकारको १ वर्षे कार्यकालको सफलताबारे चर्चा गर्नका लागि सिंहदरवारमा बिहीबार आयोजना गरिएकोे कार्यक्रममा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल भने आएनन् ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग पार्टीकै अर्का अध्यक्ष दाहाल, नेता नेपालबीच द्धन्द्ध बढ्दै गएपछि उनीहरु नआएको हुनसक्ने बताइएको छ । भेनेजुएला प्रकरणमा ओली र दाहालबीच मत बाझिएपछि उनीहरुबीच दूरी बढेको छ । फागुन १ गते परेको जनयुद्ध दिवसको कार्यक्रममा पनि ओलीको उपस्थिति भएन । नेपालले भने पार्टी कमिटीमा औपचारिक छलफल नभएकाले जनयुद्ध दिवसमा सहभागी नभएको जनाउनुभएको थियो ।

सरकार सञ्चालन, पार्टी एकतालगायतका विषयमा पार्टीभित्र मतभेद कायमै छ । धेरैजसो मन्त्रीहरु कार्यक्रममा सहभागी भएपनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु पनि आएनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।