२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको १ वर्ष, माधव र झलनाथ कार्यक्रममा आएनन्



अ+ अ-

काठमाडौं । सरकारको १ वर्षे कार्यकालको सफलताबारे चर्चा गर्नका लागि सिंहदरवारमा बिहीबार आयोजना गरिएकोे कार्यक्रममा सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल भने आएनन् ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग पार्टीकै अर्का अध्यक्ष दाहाल, नेता नेपालबीच द्धन्द्ध बढ्दै गएपछि उनीहरु नआएको हुनसक्ने बताइएको छ । भेनेजुएला प्रकरणमा ओली र दाहालबीच मत बाझिएपछि उनीहरुबीच दूरी बढेको छ । फागुन १ गते परेको जनयुद्ध दिवसको कार्यक्रममा पनि ओलीको उपस्थिति भएन । नेपालले भने पार्टी कमिटीमा औपचारिक छलफल नभएकाले जनयुद्ध दिवसमा सहभागी नभएको जनाउनुभएको थियो ।

सरकार सञ्चालन, पार्टी एकतालगायतका विषयमा पार्टीभित्र मतभेद कायमै छ । धेरैजसो मन्त्रीहरु कार्यक्रममा सहभागी भएपनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु पनि आएनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।