७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
अ+ अ-

काठमाडौँ। यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनीहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन् ।

बाढी गएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएका हुन् । आज पशुपतिस्थित आर्यघाटमा दर्जनौँ कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरिएको  ।

आर्यघाटमा एकैपटक दर्जनौँ सङ्ख्यामा बेपत्ताका परिवारजन भेला भएपछि दिनभरजसो बाक्लो भीड लागेको थियो । बाढीमा आफन्त गुमाएका परिवारजनका लागि पछिल्ला दिनहरू पीडादायी भएका छन् । पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार आज मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ ।

“कुशका शवको हामीले छुट्टै रेकर्ड राख्ने गरेका छैनौँ, तर आज कम्तीमा पनि एक सयभन्दा बढी प्रतीकको शव जलाइएको थियो”, उहाँले भन्नुभयो । बाढीमा परी आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि परिवारजनले अन्तिम संस्कार गर्न बाध्य भएको बताएका छन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन् ।

नुवाकोटका बबिन रिजालका अनुसार भोटेकोशी बाढीमा उहाँका आमा र बुवा नाथ रिजाल र विनिता रिजाल बेपत्ता छन् । बाढीमा बगेको लामो समय बितिसक्दा पनि बुवा, आमाको अवस्था पत्ता लाग्न नसकेपछि आज पशुपति आर्यघाटमा कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।

“बाढीमा परी मेरा आमा र बुवा बेपत्ता हुनुभएको छ । अब जीवितै भेटिने आशा मरिसकेकाले आज कुशका शव बनाएर पशुपतिमा अन्त्येष्टि गरेका छौँ”, उहाँले भन्नुभयो । बेपत्ताको शव फेला नपरेपछि परिवारजनले धार्मिक संस्कारअनुसार अन्तिम कर्म गर्नुलाई पीडाका बीचमा आफन्तप्रतिको अन्तिम श्रद्धाञ्जलीका रूपमा लिएका छन् । आर्यघाटमा कुशबाट तयार पारिएका प्रतीकात्मक शव जलाउँदा आफन्तजन भावविह्वल बनेका थिए ।

भोटेकोशी नदीमा यही भदौ १० गते गएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि ठूलो सङ्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

बेपत्ताको खोजी भइरहे पनि लामो समयसम्म कुनै सम्पर्क वा अवस्था पत्ता नलागेपछि केही परिवारले आफन्तको जीवित उद्धार हुने आशा त्याग्न थालेका छन् । त्यसपछि उनीहरूले हिन्दू परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कारमा सामेल हुन थालेका हुन् ।

आर्यघाटमा आज भएको सामूहिक अन्त्येष्टिले भोटेकोशी बाढीले निम्त्याएको मानवीय पीडाको गहिराइसमेत झल्काएको छ । आफ्ना आफन्तको वास्तविक शवसमेत देख्न नपाएका परिवारजनले प्रतीकात्मक शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै धार्मिक संस्कार पूरा गरेका छन् ।

बेपत्ता आफन्तको सम्झनामा गरिएको यस अन्तिम संस्कारका क्रममा आर्यघाटमा उपस्थित परिवारजन र आफन्तहरू भावुक देखिन्थे । कसैले कुशबाट तयार गरिएको प्रतीकात्मक शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले धार्मिक विधिअनुसार कर्मकाण्ड पूरा गरेका थिए ।

बाढीले आफन्त गुमाएका परिवारका लागि शव नपाउनुको पीडा अझ गहिरो छ । मृत्यु पुष्टि गर्न शवसमेत प्राप्त नभएका अवस्थामा लामो समयसम्म अनिश्चिततामा बस्नुपरेका परिवारजनले आज प्रतीकात्मक अन्त्येष्टिमार्फत आफन्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । यसरी कुशबाट शवको प्रतीक बनाएर गरिएको सामूहिक अन्त्येष्टि भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले भोगिरहेको पीडा, अनिश्चितता र भावनात्मक सङ्घर्षको मार्मिक चित्र देखिएको छ । रासस