९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते

इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते
अ अ+ अ-

कायरो। इजिप्टको पूर्वी सिनाई प्रायद्वीपस्थित मरुभूमिको राजमार्गमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

दक्षिण सिनाईस्थित दाहाब र नुवेइबा रिसोर्ट सहर जोड्ने सडकमा बस अनियन्त्रित भएर पल्टिएको अधिकारीहरूले बताएका छन् । उक्त क्षेत्र समुद्री तट, कोरल चट्टान र पहाडी भू–दृश्यका कारण विश्वभरका पर्यटकमाझ लोकप्रिय छ ।

जर्डनको सरकारी सञ्चारमाध्यम अल–मम्लकाले दुर्घटनामा मृत्यु हुनेमध्ये १० जना जर्डनका नागरिक रहेको जनाएको छ। बसमा २२ जना जर्डनका नागरिकसहित ४३ जना सवार रहेको बताइएको छ ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले यसअघि १६ जनाको मृत्यु भएको जानकारी दिएकोमा मृतकको संख्या बढेर २२ पुगेको जनाएको छ । घटनास्थलमा २० वटा एम्बुलेन्स पठाइएको र घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ।

दुर्घटनाको कारणबारे भने अधिकारीहरूले तत्काल कुनै जानकारी दिएका छैनन् ।

एएफपीले सार्वजनिक गरेको दृश्यमा दुर्घटनाग्रस्त बस सडककिनारमा पल्टिएको र त्यसका भग्नावशेष छरिएको देखिएको छ ।

इजिप्टमा सडक दुर्घटना सामान्य मानिन्छन्। तीमध्ये धेरै दुर्घटना लापरबाहीपूर्ण सवारी, सवारीसाधनको कमजोर मर्मतसम्भार तथा सडक सुरक्षा कानुनको कमजोर कार्यान्वयनका कारण हुने गरेको बताइन्छ ।

गत महिना उत्तरी इजिप्टमा कृषि क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर बोकेका दुई पिकअप ट्रक ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये धेरैजसो किशोरकिशोरी थिए ।

इजिप्टको सरकारी तथ्याङ्क निकायका अनुसार गत वर्ष देशभर भएका सडक दुर्घटनामा करिब ६ हजार जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)