• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बलात्कारको आरोपमा प्रहरी पक्राउ



दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दमाथि महिलामाथि बलात्कार गरेको अभियोग लागेको छ ।

बिहीबार राति एक स्थानीयको घरमा गएर महिलामाथि जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको परेपछि इलाका प्रहरी कार्यालयले आरोपित हवल्दार चन्दलाई नियन्त्रणमा लिएको छ ।

महिलाकै घरमा पुगेको प्रहरी हवल्दार चन्दले राति १० बजे महिलामाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्।

पीडित महिलाको राप्ती प्रादेशीक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक भीम कार्की बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।