१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुविनाको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने आईसीसी वुमन्स एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि शुक्रबार नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो ।

टोलीमा कप्तान रुबिनासँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । भने अतिरिक्त खेलाडीमा रितुकुमारी कनुजिया, सुमन बिष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय तथा ब्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।नेपाली महिला टोली शनिबार थाइल्यान्ड जानेछ ।