१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुरोगी गङ्गालालमा



अ+ अ-

जाजरकोट । जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताउनुभयो ।

सोे शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३ सय १० जनाले इको र ४५० जनाले इसिजी गराएका थिए । तीमध्ये एक सय जनामा मुटुसम्बन्धी कुनै न कुनै प्रकारको समस्या देखिएको थियो । भरपर्दो स्वास्थ्य सेवाको अभावमा जिल्लाका दुर्गम गाउँवासीले साधारण औषधि पनि पाइरहेका छैनन् ।

“एकैपटक यति धेरै बिरामी उपचारका लागि सिफारिश गरिएको यो नै पहिलो पटक हो”, डा। मल्लले भन्नुभयो, “परीक्षणको अवस्था हेर्दा जाजरकोटका धेरै मानिसमा मुटुसम्बन्धी रोगको ठूलो समस्या रहेकोे छ ।”

जिल्ला अस्पतालले सिफारिश गरेका बिरामीहरूको निःशुल्क उपचार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा गरिनेछ भने बिरामी र एकजना कुरुवालाई आउने जाने खर्चको व्यवस्था समेत मिलाइएको छ । सो खर्च जयन्ती स्मृति ट्रष्ट सम्मान फाउण्डेसनले ब्यहोर्ने जनाइएको छ ।

मुटुसम्बन्धी जटिल समस्या देखिएका २४ जनालाई थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको हो । चार जनाको भल्भ फेर्नुपर्ने, चारजनामा मुटुको बाथरोग, मुटुमा प्वाल परेका ९युएसडी र एएसडी गरी० दस जना, पेसमेकर राखिएका एकजना, टीएमटी एक जना, एन्जियोग्राम दुई जना, पत्ता नलागेर थप परीक्षण गर्नुपर्ने दुई जना गरी २४ जनालाई सिफारिश गरिएको डा मल्लले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलका अनुसार उपचारमा पहुँच नभएका बिरामीका लागि शिविर निकै लाभदायी रहेको छ । जिल्ला सदरमुकाम आउन तीन दिन भन्दा बढी लाग्ने दुर्गमका स्थानीयवासीका लागि यो एक महत्वपूर्ण अवसर बन्न पुगेको थियो ।

आर्थिक अवस्था कमजोर भएका विरामीहरू उपचारका लागि जिल्ला बाहिर जान नसकी रोग बल्झिने र धेरैको ज्यान जाने गरेको अनुमान छ । तीमध्ये धेरै जना सडकको पहुँच र पोषिलो खानाको अभावसँगै धुवाँधुलोमा काम गर्छन् । सल्लाको दियालो बालेर दैनिक काम गर्ने र परम्परागत चुलोको प्रयोगले गर्दा मुटुमा समस्या देखिएको बताइन्छ ।