१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

आज (बुधबार) प्रदेशसभाका २२ सदस्य उपस्थित रहेको प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । 

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।

यद्यपि, बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले समर्थन गरे ।