१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा



अ+ अ-

वासिङ्टन । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन डेमोक्रेटिक पार्टीका तर्फबाट प्रभावशाली व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

तर उक्त भिडियो कहिले सार्वजनिक गरिनेछ भन्ने स्पष्ट भएको छैन । ७७ वर्षीय स्यान्डर्सले सन् २०१६ मा समेत पार्टीको प्राथमिक चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो तर उहाँ नेतृ हिलारी क्लिन्टनसँग पराजित हुनुभएको थियो । निकै राम्रो अवस्थामा रहे पनि अन्ततः क्लिन्टन डोनाल्ड ट्रम्पसँग पराजित हुनुभयो ।

ट्रम्पझैं स्यान्डर्स पनि पार्टीभित्रका उम्मेदवार हुनुहुन्थेन । चुनावी अभियान थालनी गर्दा स्वतन्त्र हैसियतमा रहनुभएका स्यान्डर्स पछि डेमोक्र्याटिक पार्टीको प्राथमिक चुनावमा होमिनुभएको थियो ।

सिनेटर स्यान्डर्सले युवा उदारवादी अमेरिकीहरुबाट व्यापक समर्थन प्राप्त गर्नुभएको थियो । उहाँले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, न्यूनतम ज्याला १५ डलर बनाउनुपर्ने तथा सरकारी विश्वविद्यालयको शिक्षा निःशुल्क उपलब्ध गराउनुपर्ने चुनावी एजेन्डा अगाडि सार्नुभएको थियो ।

स्यान्डर्सले सन् २००६ सम्म अमेरिकी तल्लो सदनमा सेवा गर्नुभएको थियो भने त्यसपघि उहाँ अमेरिकी माथिल्लो सदन सिनेटमा सदस्य चुनिनुभयो । सन् २०१२ र २०१८ मा उहाँ सिनेटरमा पुनः निर्वाचित हुनुभएको छ ।

धेरै डेमोक्र्याटबीच उहाँ निकै लोकप्रिय भए पनि पार्टीका केही सदस्यले भने स्यान्डर्स झण्डै ७० वर्ष हुनुभएको र गोरा समुदायका हुनुभएकाले परिवर्तन आवश्यक रहेको बताएका छन् ।