२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्रनगरको पहिलो जित, प्ले अफमा पुग्न विराटनगर काठमाडौँसँग पराजित हुनु पर्ने



अ+ अ-

काठमाडौँ । महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । फप्ला क्रिकेट मैदानमा आज भएको खेलमा महेन्द्रनगरले सीवाईसी अत्तरियालाई सात विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने झिनो आशा कायमै राखेको हो ।

यो महेन्द्रनगरको लिगमा पहिलो जित पनि हो । वर्षाले भिजेको मैदानको कारण ६ ओभरमा छोटाइएको खेलमा अत्तरियाले ५४ रन बनाएको थियो । ५५ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको महेन्द्रनगरले ५.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

लिगमा खेलेको पाँच खेलमध्ये दुई खेलमा हार, दुई खेल वर्षाको कारण रद्द र एक खेलमा जित निकाल्दै महेन्द्रनगरले यो संस्करणको डीपीएलमा चार अंक मात्रै बनाउँदै राउण्ड रोबिनको खेल सकाएको छ ।

महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनको झिनो अन्तरले पराजय भोगेको थियो । दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित हुँदा प्लेअफमा पुग्नका लागि यसपछिका तीन खेल जित्नै पर्ने दबाब थियो । तर, उसका लागि वर्षा बाधक बन्यो ।

बिहीबारविराटनगरले टस जितेर ब्याटिङ गर्दै १८.३ ओभरमा सात विकेटको क्षतिमा ८२ रन मात्रै बनाउँदा पानी परेर खेल रद्द भयो । विराटनगरमाथि हावी भएको महेन्द्रनगरले यो खेलमा अंक बाँड्न बाध्य बन्यो ।

शनिबार हुने भनिएको धनगढी स्टार्ससँगको खेल पनि वर्षाको कारण रद्द भएपछि र महेन्द्रनगरले फेरी अंक बाँड्न पुग्यो ।

प्ले अफमा पुग्ने महेन्द्रनगरको झिनो आशा कायम रहंदा विराटनगर काठमाडौं गोल्डेन्ससँग पराजित हुनु पर्ने हुन्छ । यदी यस्तो भएको खण्डमा महेन्द्रनगर नेट रनरेटको आधारमा विराटनगरलाई पछि पार्दै प्लेअफमा पुग्नेछ ।