८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्रनगरको पहिलो जित, प्ले अफमा पुग्न विराटनगर काठमाडौँसँग पराजित हुनु पर्ने



अ+ अ-

काठमाडौँ । महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । फप्ला क्रिकेट मैदानमा आज भएको खेलमा महेन्द्रनगरले सीवाईसी अत्तरियालाई सात विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने झिनो आशा कायमै राखेको हो ।

यो महेन्द्रनगरको लिगमा पहिलो जित पनि हो । वर्षाले भिजेको मैदानको कारण ६ ओभरमा छोटाइएको खेलमा अत्तरियाले ५४ रन बनाएको थियो । ५५ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको महेन्द्रनगरले ५.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

लिगमा खेलेको पाँच खेलमध्ये दुई खेलमा हार, दुई खेल वर्षाको कारण रद्द र एक खेलमा जित निकाल्दै महेन्द्रनगरले यो संस्करणको डीपीएलमा चार अंक मात्रै बनाउँदै राउण्ड रोबिनको खेल सकाएको छ ।

महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनको झिनो अन्तरले पराजय भोगेको थियो । दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित हुँदा प्लेअफमा पुग्नका लागि यसपछिका तीन खेल जित्नै पर्ने दबाब थियो । तर, उसका लागि वर्षा बाधक बन्यो ।

बिहीबारविराटनगरले टस जितेर ब्याटिङ गर्दै १८.३ ओभरमा सात विकेटको क्षतिमा ८२ रन मात्रै बनाउँदा पानी परेर खेल रद्द भयो । विराटनगरमाथि हावी भएको महेन्द्रनगरले यो खेलमा अंक बाँड्न बाध्य बन्यो ।

शनिबार हुने भनिएको धनगढी स्टार्ससँगको खेल पनि वर्षाको कारण रद्द भएपछि र महेन्द्रनगरले फेरी अंक बाँड्न पुग्यो ।

प्ले अफमा पुग्ने महेन्द्रनगरको झिनो आशा कायम रहंदा विराटनगर काठमाडौं गोल्डेन्ससँग पराजित हुनु पर्ने हुन्छ । यदी यस्तो भएको खण्डमा महेन्द्रनगर नेट रनरेटको आधारमा विराटनगरलाई पछि पार्दै प्लेअफमा पुग्नेछ ।