२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग



अ+ अ-

काठमाडौँ । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । 

सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र यहाँस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइक) का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गर्नुभयो ।  

उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ । 

कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी छ वर्षभित्रमा पूरा गर्नेछ । कोरिया  सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । रासस