• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

मन्त्री हेरफेरको तयारीमा ओली र प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी(मन्त्री) हेरफेर गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री हेरफेर गर्ने भद्र सहमति भएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

सरकार गठनपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम पुरानालाई फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य अघि बढाइएको हो।

सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै जनस्तरमा आलोचना भइरेका वेला आइतबार ओली र दाहालबीच भैँसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि काम प्रभावकारी बनाउने सहमति जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए।

उनका अनुसार मन्त्रीहरूले प्रधानमन्त्री ओलीको मूल ‘स्प्रिट’लाई पक्रिन नसकेकाले फिर्ता बोलाउन लागिएको हो। सरकारमा प्रधानमन्त्रीसहित नेकपाका २२ र संघीय समाजवादीका तीन मन्त्री छन्। नेकपाका तर्फबाट तनीन राज्यमन्त्री छन्।