२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजादेखि विप्लव माओवादी अटाउने मौलिक प्रजातन्त्र खोजेका छौंः कमल थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र खोजेको बताएका छन् । 

भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

आफूहरुले राजादेखि विप्लव माओवादी अटाउने मौलिक प्रजातन्त्र खोजेको उनको भनाई थियो । थापाले आफूहरु अब पूर्ण रुपमा पछि फर्कन नलागेको भन्दै अग्रगामी र मध्यमार्गी विचारमा अडिग रहेको उल्लेख गरे ।

 नेपालमा साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने थापाको भनाई छ । आफूहरु निरंकुश राजतन्त्रको पक्षमा नभएको भन्दै राजा अभिभावकको भूमिकामा हुनुपर्ने बताए । 

उनले राप्रपा कुनै धर्मको विरोधी नभएको बताउँदै सबै धर्मको सम्मान गर्ने पार्टी रहेको बताए। यद्यपी, नेपालीहरुको पहिचान हिन्दू धर्म भएकोले हिन्दू राज्यको पक्षमा आफूहरु रहेको प्रष्ट पारे।

उनले देशको राष्ट्रियता तथा राष्ट्रिय अस्मिता संकटपूर्ण अवस्थामा रहेको बताउँदै बाह्य शक्तिको प्रभाव बढेको र विदेशीको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा भएको उनले बताए ।