१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदर पक्रिनुस्, साढे दुई हजार रुपैयाँ लिनुहोस



अ+ अ-

खोटाङ । बाँदर नियन्त्रण गर्नकै लागि खोटाङमा डेढ करोड खर्च गरिने भएको छ। दुई चार वर्षदेखि बाँदरले खेतबारीको अन्नबाली, फलफूल र सागसब्जीमा नोक्सानी पुर्‍याएपछि जिल्लाका किसानले ‘बाँदर नियन्त्रण समिति’ बनाएको खबर गोरखापत्रमा उल्लेख छ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति खोटाङले प्रारम्भिक कार्य शनिबारदेखि थालेको अध्यक्ष दुर्गा घिमिरेले जनाए। उनका अनुसार खोटाङमा मात्रै १४ हजारको संख्यामा बाँदर रहेको अनुमान गरिएको छ।

बाँदरले जिल्लाका १० वटै पालिकामा दुःख दिएको बताइएको । बाँदरको ठूलो संख्या भने दिक्तेल–रूपाकोट–मझुवागढी ५ लफ्याङमा रहेको अनुमान गरिएको छ।

नियन्त्रण समितिले एउटा बाँदर पक्रिएवापत दुई हजार पाँच सय रुपैयाँ दिने बताएको । भारतको विहारबाट मुख्तार खानको नेतृत्वमा रहेको पाँचजनाको टोलीलाई अग्रिम पेश्की दिन पाँच लाख रुपैयाँ समितिले ऋण काढेर दिएको अध्यक्ष घिमिरेले जानकारी दिए।