• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त, साँढेले सडक ढाक्दा यात्रुलाई हिँड्न कठिन



बर्दिवास । महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ ।

चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन् । दुई/तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका मुख्य बजारमध्ये बर्दिवास, गौशाला र जलेश्वरमा छाडा पशुवस्तुको जगजगी बढी छ । बर्दिवासमा त गत दशैँताका गाई पछ्याउँदै हिँडेको साँढेले एकैदिन १० जनालाई हानेर लडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित ठूलो जनशक्ति लगाएर नियन्त्रण गर्नुपरेको थियो ।

दूध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो । सडक र बजारक्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाय व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँले सचेतता देखाउनु राम्रो विकल्प हुने बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेल बताए ।

बालीनाली नोक्सान गर्ने र बजार एवं सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि जिल्लाका १५ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन् ।

जिल्ला सदरमुकाम जलेश्वरमा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ । यसरी छाडा छाडिएका सुँगुरले त घरको भान्सा कोठासमेत पसेर नोक्सान पार्ने गरेको जलेश्वर–१ की श्यामकला चौधरी बताए ।

अहिलेसम्म कानूनी कारवाही अघि बनढाउँदा चौपाया छाडा छाड्ने क्रम झन बढ्दै गएको स्थानीय कानून व्यवसायी उद्धव क्षेत्री बताए।