१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश हटाउने उपाए खोज्दै नेपाल बार, माओवादी अध्यक्ष दाहालसंग छलफल



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले राजनीतिक दलहरुको साथ खोजेको छ । आफूहरुको पहलबाट मात्र प्रधानन्यायधीह हटाउन नसकने निष्कर्षमा पुगेको बारले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदिय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सहयोग मागेको छ ।

बार एशोसियसनका पदाधिकारीहरुले संसदिय दलको कार्यालय सिंहदरबारमा भेट गरि अदालतमा भएको असहज अवस्था र राजनैतिक दलहरूले लिनुपर्ने पहलका बारेमा ध्यानाकर्षण गराएको छ । बारको कुरा सुनेपछि प्रचण्डले आफुहरु अदालतको स्वच्छता, निष्पक्षता र स्वतन्त्रताबारे सधैं सजग र सचेत रहेको,र गठबन्धनको तर्फबाट यथासिघ्र समस्या समाधान गर्न सम्बन्धित जिम्मेवार पक्षलाई अपिल पनि गरेको जानकारी गराउनुभयो ।

उहाँले आजसम्म न्यायलयको समस्या समाधान नभएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र अब के गर्ने भन्नेमा गठबन्धन र दलहरू बीच छलफल गरि अघि बढ्ने जानकारी गराउनु भएको थियो ।