२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक



अ+ अ-

काठमाडौँ । एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड जितेको छ । 

उक्त अवार्ड प्राप्त गर्ने एनएमबि बैंक नेपालको पहिलो बैंक समेत बनेको छ ।

‘द फाइनान्सियल टाइमस’को ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यो वर्षको एसियाकै सर्वोत्कृष्ट बैंकको रूपमा एनएमबि बैंकले प्राप्त गरेको हो ।

प्राप्त सम्मान सार्वजनिक गर्न बैंकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष पवन गोल्यानले कर्पोरेट क्षेत्रमा मात्रै नभई फरक बैंकिङ अभ्यास गर्ने क्रममा बैंकले साना तथा मझौला उद्यमी, कृषि क्षेत्र, ऊर्जा जस्ता क्षेत्रमा गरिएको लगानी, चुस्त व्यवस्थापन, पारदर्शी बैंकिङ अभ्यास जस्ता बलिया आधारका कारण बैंक एसियाकै सर्वोत्कृष्ट बन्न सकेको बताए ।

एनमबि बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुक मध्येको सर्वोत्कृष्ट बैंक बन्नु सबैको जित भएको बताउँदै खुसी व्यक्त गरे।

‘बैंकमात्र होइन‚ नेपाल र नेपाल राष्ट्र बैंकको जित हो,’ उनले भने, ‘एनएमबि बैंकले पाएको यो सम्मान नेपालकै लागि गौरवको विषय हो ।’ यो सम्मानले आगामी दिनमा बैंकलाई विश्वकै सर्वोत्कृष्ट बैंक बनाउन थप जिम्मेवारी सुम्पिएको उनको भनाई छ ।