• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल हुनेछ :पूर्वराष्ट्रपति मुशर्रफ



नयाँ दिल्ली । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल हुने बताएका छन् ।

बिहिबार इन्डिया टुडेसँग कुराकानी गर्दै मुशर्रफले भारतले पाकिस्तानसँग मुकाबिला गर्न नसक्ने भन्दै पाकिस्तानलाई धम्की दिन बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले पुलवामा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जना जवानको ज्यान जाने गरी भएको हमलामा पाकिस्तानको इमरान सरकारको कुनै पनि प्रकारको संलग्नता नभएको जिकिर गरे ।

उनले उक्त हमला चरमपन्थी संगठन जैश ए मोहम्मदले गराएको स्वीकार गरेपछि पाकिस्तानमाथि धावा बोल्नु बेबकुफी भएको बताए । उनले भने, ‘आक्रमणकारी जैशप्रति मेरो कुनै संवेदना छैन । उसलाई पाकिस्तानमा प्रतिवन्ध लगाउनुपर्छ । जैशले ममाथि पनि हमला गर्ने कोषिस गरेको थियो ।’

हमलापछि भारतमा बनेको उक्साउने खालको माहोल साथै टेलिभिजनमा प्रशारण गरिएका पाकिस्तानप्रतिको गालीप्रति उनले खेद प्रकट गरे । उनले भने,‘ भारतीय प्रधानमन्त्री मोदीले उनको दिलमा आगो बलिरहेको बताए । तर यदि कश्मिरमा कसैको मृत्यु हुन्छ भने सबैभन्दा धेरै आगो मेरो मनमा बल्छ । जब कश्मिरको बच्चाको आखामा गोली लाग्छ मेरो आखाँमा आशुँ आउँछ ।’

भारत प्रशासित कश्मिरमा गत हप्ताको बिहिबार भएको आत्मघाती आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जवानको मृत्यु भएको थियो ।