१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
Latest
इजरायलद्वारा सयौं प्यालेस्टिनी कैदी रिहा गर्न शुरु ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’ कुमारी सहकारी हिनामिना प्रकरणः एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छः सभापति देउवा पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछः राष्ट्रपति यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा पर्सामा साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरुवा वितरणमा पनि अनियमितता ?



अ+ अ-

हुम्ला । सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् ।

जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि चिनजान र भनसुनका आधारमा मात्र वितरण गरिएको वडा नं ४ का हिस्सी लामाले बताउनुभयो । वडा नं २ का दलित समुदायका कृषकले पनि आफूहरुले पाँच ओटा स्याउको लागि पालिका धाउँदा निवेदनका आधारमा दिनुपर्छ अरुलाई होइन भन्दै फिर्ता गरेको बताए ।

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका कृषकलाई स्याउका १० हजार र ओखरका दुई हजार ४० ओटा बिरुवा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाले आफ्ना पालिकाभित्र पर्ने १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरेको हो ।