१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ । 
विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरुले अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु दिइरहेका देशभर छरिएका रहेका रमका बिक्रेताहरुले बताएका छन् । 
रम पारखीहरुमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताहरुको विषयमा समेत कौतुहुलता देखिएको छ । किनभने, नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन् । 
द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।
यस्तै,  खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउनुहुन्छ । 
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उहाँ बताउनुहुन्छ । 


यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उहाँको तर्क छ । 
नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ । 
खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरु बताउँछन्  । उनीहरुले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् । 
उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गरे । 
खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ ।