१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ । 
विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरुले अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु दिइरहेका देशभर छरिएका रहेका रमका बिक्रेताहरुले बताएका छन् । 
रम पारखीहरुमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताहरुको विषयमा समेत कौतुहुलता देखिएको छ । किनभने, नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन् । 
द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।
यस्तै,  खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउनुहुन्छ । 
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उहाँ बताउनुहुन्छ । 


यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उहाँको तर्क छ । 
नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ । 
खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरु बताउँछन्  । उनीहरुले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् । 
उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गरे । 
खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ ।