• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ?

निर्मला पन्त हत्याकाण्ड : एक सय पाँच दिनपछि धर्ना स्थगीत



महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले धर्ना स्थगीत गरेका छन्। छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि सुरु गरेको धर्ना एक सय पाँच दिनपछि स्थगीत गरेका हुन्।

निर्मलाका बाबु आमाले ७५ वर्षीया दिलमाया खरेल र ३ वर्षीया आरुशी चन्दको हातबाट जुस खाएर धर्ना स्थगीत गरेका छन्।

निर्मलाका बाबु यज्ञराजलाई औषधि सकिएको र निर्मलाकी आमा लक्ष्मीको पनि टाउँको, छाति दुख्ने र शरीर फुल्नेजस्ता समस्या भएका कारण काठमाडौँ जाने तयारी गरेका छन्।

साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो।

प्रहरीले हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रुपले अघि बढाइरहेको बताए पनि निष्कर्षमा पुग्न सकेको छैन्।