८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटे समुदायकी सिपाही बिस्ना राउटे



अ+ अ-

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाकी २६ वर्षीया बिस्ना नेपाली सेनामा कार्यरत छिन् । राउटे समुदायकी उनी २०६७ मा सेनाको बकासी ९बन्दोबस्ती कार्य सिपाही० भर्ना भएकी हुन् । उनी हाल कैलालीको बडैपुरस्थित कालीरक्षा गणमा छिन् । राउटे समुदायबाट सेनामा भर्ना भएकी उनी सम्भवतः एक्ली महिला हुन् ।

बिस्नालाई सेनामा भर्ना हुँदा सुरुमा निकै गाह्रो भयो । अरूका बोली र भाषा नबुझ्ने, आफ्नो बुझाउन पनि सकस हुने । कति दिन त नोकरी छाडेर पुरानै दिनचर्यामा फर्किन मन लाग्थ्यो । तर उनले हिम्मत हारिनन् । बिस्तारै बुझ्दै र सिक्दै गइन् । ‘सुरुमा कसैले बोलेको नबुझ्दिनथें, एकथोक भन्दा अर्कोथोक गर्थे, सबै हाँस्थे,’ उनले भनिन्, ‘अहिले निकै सजिलो छ, सबै काम सिकिसकें ।’

बकासी सेनाको हतियार नचलाउने दर्जा हो । यो दर्जामा कार्यरतहरूले भान्साको काम र सरसफाइ गर्छन् । बिस्ना पनि बिहान ५ बजे उठेर कार्यालय सफा गर्ने, बाहिरभित्र झाडु लगाउने आदि काम गर्छिन् । ‘बिहानदेखि साँझसम्म सरसफाइकै काम हुन्छ,’ उनले भनिन्, ‘सजिलो नै छ, गाह्रो छैन ।’

बिस्नाले डडेलधुराको पर्शुराम नगरपालिकाको आमपानीमा ३ कक्षासम्म पढेकी हुन् । आमाबुबा आमपानीबाट ब्रह्मदेव नजिकैको मटेनामा बसाइँ सरेपछि उनले पढ्न पाइनन् । स्थानीयकै सहयोगमा उनी सेनामा भर्ना भइन् । भर्ना भएपछि दाङका दीपेन्द्र अधिकारीसँग उनको विवाह भयो । अधिकारी रोजगारीका लागि भारतको महाराष्ट्रमा छन् ।

बिस्ना पनि माइती र घर दुवैतर्फ आउजाउ गर्छिन् । आमा र भाइहरूलाई सहयोग पनि गरिरहेकी छ्न । ‘कहिले घर जान्छु, कहिले माइत आउँछु,’ उनले भनिन्, ‘आमा र भाइहरूको अवस्था कमजोर भएकाले खर्च पनि दिन्छु ।’

चाडपर्वका बेला उनले माइतमा सबैका लागि लुगा र खानेकुरालगायत सामग्री ल्याइदिन्छिन् । बिस्नाका चार भाइ र एक बहिनी छन् । बहिनी ५ कक्षामा पढ्छिन् । ३ भाइ गाउँमै ज्यालामजदुरी गर्छन् । सरकारले राउटे समुदायको पुनःस्थापनासँगै सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराएको छ । तर त्यसले मात्रै खर्च नपुग्ने उनीहरू बताउँछन् । कञ्चनपुरको भीमदत्त–९ मटेना, ब्रह्मदेव र खल्लामा करिब एक दर्जन राउटे परिवारको बसोबास छ ।

(कान्तिपुर दैनिकमा समाचार छ)