७ पुष २०८२, सोमबार
,
Latest
म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिवाहको पहिलो सुहागरात पछि बेहुली बेहोस्



अ+ अ-

काठमााडौं । विवाह पछि सामान्यतया मानिसले अर्को जीवनको सुरुवात भएको ब्याख्या गर्छन । तर, भारतको उत्तर प्रदेशको बागपतमा जिल्लामा भने विवाह पछि अनौंठो हर्कत देख्नमा आएका खबरहरु बाहिर आइरहेका छन् । बागपत जिल्लामा एक जोडीले गाउँमैं विवाह गरेका थिए ।

दुलाह बागपतमै शिक्षक छन्, बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । विवाह भएको दोस्रो दिन यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन उनको घरमा गए । त्यहाँ उनकी बहिनीलाई सन्चो नभएको बताइयो । कोठामा उनकी बहिनी बेहोस अवस्थामा थिइन् ।

पिताको घरबाट खुसीसाथ विदा भएर उनी नयाँ घर पुगेकी थिइन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो उनका लागी सबैभन्दा राम्रो घरमा विवाह भयो । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागेन । बिहेको पहिलो रात नै बेहुलाले यस्तो गरे कि त्यो परिवारमा बज्रपात नै आइपर्यो अनि उनकी पत्नी बेहोस भएर लड्नु पर्ने अवस्था आयो ।

त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने बताए । स्थानीय अस्पतालमा उपचार नहुने भएपछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहननगर अस्पतालमा लिएर गए । त्यहाँ जाँदा डाक्टरले निकै आश्चर्यजनक कुरा बताए । डाक्टरका अनुसार ती नवविवाहिताको गुप्तांगमा धारिलो रडले प्रहार गरिएको थियो । जसका कारण गुप्तांगमा गहिरो चोट लाग्नुका साथै गर्भाशयमा समेत गहिरो चोट लागेको छ ।

त्यसपछि दाजुले सुहागरातका दिन उनका पतिले नै यो सब गरेको किटानी जाहेरी दिएका छन् । यद्यपि यो सब उनले किन गरे भन्ने खुल्न सकेको छैन । पति फरार छन् र पत्नी अहिलेसम्म बेहोस छिन् जसका कारण त्यो रात के भएको थियो भन्ने बताउने कोही छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म बेहोस ती युवत्तिको अवस्था सामान्य अवस्थामा आएको छैन । यत्ता प्रहरीले फरार पतिको खोजी गरिरहेको जनाएको छ । एजेन्सी