१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टीः प्रवक्ता डा महत

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टीः प्रवक्ता डा महत
अ अ+ अ-

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । 

सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो ‘‘अबका तिनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’ 

प्रवक्ता डा महतले कम्युनिष्टहरुले जनताले दिएको मतको मूल्याङ्कन र सम्मान गर्न नसकेकाले परिस्थितिबस अहिले कांग्रेस सत्तामा पुगेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो ‘‘कांग्रेस आफूले चाहेर नभई कम्युनिष्टहरुले देशलाई दुर्घटनामा पार्न लागेकाले नेपाली जनताको चाहना बमोजिम नै कांग्रेसले सत्ताको नेतृत्व गर्नुपरेको हो ।’’
    
इतिहासमा देशलाई अप्ठ्यारो परेका समयमा यसरी नै कांग्रेसले देशलाई नेतृत्व दिने गरेको र नेपाली जनताले पनि साथ दिएको स्मरण गर्दै प्रवक्ता डा महतले अबका स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा कांग्रेसलाई नै नेपाली जनताले पहिलो पार्टी बनाउने बताउनुभयो । 

अघिल्लो नेकपाको सरकारको कुशासन र भ्रष्टाचार नेपाली नागरिकले देखेका र त्यस समयको ओली सरकारले दिएका झुठा आस्वासन पनि थाहा पाइसकेकाले नेपाली जनताले अब विवेक पु¥याइ नेपाली कांग्रेसलाई रोज्ने उहाँले बताउनुभयो । उहाँले अबका सबै निर्वाचनहरुमा एक ढिक्का भई पार्टीलाई जिताउने काममा लाग्न जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।    

उहाँले आजै नेपाल प्रेस युनियन सल्यानले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उठ्ने उम्मेदवाहरूको टुङ्गो चैतभित्रै लगाइसक्ने पनि बताउनुभयो । 

पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुङ्गो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।  उहाँले पहिलेका निर्वाचन जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म पनि पार्टीका तर्फबाट को उठ्ने भन्ने विषयको टुङ्गो नलाग्ने स्थिति यस पटक नआउने र समयमै निर्णय गरिने सो अवसरमा बताउनुभएको हो । 

प्रवक्ता डा महतले स्थानीय तहको उम्मेदवारीको सामान्य मापदण्ड निर्माण गरिने पनि जानकारी दिनुभयो ।