१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टीः प्रवक्ता डा महत



अ+ अ-

सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । 

सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो ‘‘अबका तिनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’ 

प्रवक्ता डा महतले कम्युनिष्टहरुले जनताले दिएको मतको मूल्याङ्कन र सम्मान गर्न नसकेकाले परिस्थितिबस अहिले कांग्रेस सत्तामा पुगेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो ‘‘कांग्रेस आफूले चाहेर नभई कम्युनिष्टहरुले देशलाई दुर्घटनामा पार्न लागेकाले नेपाली जनताको चाहना बमोजिम नै कांग्रेसले सत्ताको नेतृत्व गर्नुपरेको हो ।’’
    
इतिहासमा देशलाई अप्ठ्यारो परेका समयमा यसरी नै कांग्रेसले देशलाई नेतृत्व दिने गरेको र नेपाली जनताले पनि साथ दिएको स्मरण गर्दै प्रवक्ता डा महतले अबका स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा कांग्रेसलाई नै नेपाली जनताले पहिलो पार्टी बनाउने बताउनुभयो । 

अघिल्लो नेकपाको सरकारको कुशासन र भ्रष्टाचार नेपाली नागरिकले देखेका र त्यस समयको ओली सरकारले दिएका झुठा आस्वासन पनि थाहा पाइसकेकाले नेपाली जनताले अब विवेक पु¥याइ नेपाली कांग्रेसलाई रोज्ने उहाँले बताउनुभयो । उहाँले अबका सबै निर्वाचनहरुमा एक ढिक्का भई पार्टीलाई जिताउने काममा लाग्न जिल्लाका कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।    

उहाँले आजै नेपाल प्रेस युनियन सल्यानले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उठ्ने उम्मेदवाहरूको टुङ्गो चैतभित्रै लगाइसक्ने पनि बताउनुभयो । 

पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुङ्गो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो ।  उहाँले पहिलेका निर्वाचन जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म पनि पार्टीका तर्फबाट को उठ्ने भन्ने विषयको टुङ्गो नलाग्ने स्थिति यस पटक नआउने र समयमै निर्णय गरिने सो अवसरमा बताउनुभएको हो । 

प्रवक्ता डा महतले स्थानीय तहको उम्मेदवारीको सामान्य मापदण्ड निर्माण गरिने पनि जानकारी दिनुभयो ।