१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी कायकर्ता बिच कुटाकुट, नेताहरु मौन



अ+ अ-

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता आपसमै भिडे ।

झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्यो। तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका माउ पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मात्रै बसे । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् ।

झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर बस्न लगाए । सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो ।

पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नेविसंघ १२ महाधिवेशनको पर्खाइमा छ ।

अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल र थप गरिएको पाँच महिनाभित्रसमेत महाधिवेशन गर्न सकेनन् । त्यसैले उनले राजीनामा दिए । तर, महरले राजीनामा दिएको १५ दिनपछि पनि तदर्थ समिति गठन नभएपछि नेविसंघमा नेतृत्वविहीनता र अराजकता बढेको छ ।

तदर्थ समिति गठन गर्ने बाटो खुलेदेखि नै पार्टी नेतृत्वलाई दबाब दिन विभिन्न समूह अग्रसर भएका छन् । कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समितिको बैठक बस्ने दिन नियमित केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै विधानअनुसार ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउन माग राख्दै आएको छ ।

यो पक्षले सभापति शेरबहादुर देउवासहितका अरू पदाधिकारी कार्यालय प्रवेश गर्दा घेराउ र नाराबाजी गर्दै आएको थियो । आइतबार पार्टी संस्थापन पक्षका नेता–कार्यकर्ता पनि सानेपा पुगेपछि झडप भयो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।