१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलमा भेटियो गर्भवती महिलाको लास



अ+ अ-

काठमाडौं । रौतहटको चन्द्रपुुर नगरपालिका–१ स्थित मंगलपुर नजिकै जंगलमा गर्भवती महिला मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत हुन सकेको छैन । सृजना सामुदायिक वन उपेभोक्ता समुहको बनमा सोमबार राति फेला परेकी महिला आठ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षण गर्दा उनी गर्भवती रहेको पुष्टि भएको हो । सनाखत हुन नसकेकी ती महिलाको हत्या भएको आशंका प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको बताएका छन् ।

उनका पेटमा आठ महिनाको बच्चा रहेको शव परीक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको हत्या गरेर जंगलमा फालेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

महिलाको शरिरका केही भागमा चोट लागेको भेटिएकाले प्रहरीले हत्याको आशंका गरेको हो । मंगलपुरको पुर्व–पश्चिम राजमार्गबाट करिब ३ सय मिटर दक्षिणतर्फको जंगलमा कपडाले छोपेको अवस्थामा शव फेला परेको थियो ।

गोरो वर्ण, ५ फिट ५ ईन्च उचाई, कालो कपाल, सुनौलो रंगको बुट्टे कुर्तासुरुवाल, दाहिने हातको बुढी औँला भन्दामाथिको भागमा अंग्रेजीमा एफ ट्याटु खोपिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।