२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव



अ+ अ-

चिप्लेढुङ्गा । पोखरामा फागुन १५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ हुने भएको छ ।

पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना गरिने नाटकको सम्पूर्ण तयारी पूरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका बेला विभिन्न झाँकीसहितको ¥याली निकालिने युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले बताउनुभयो।


औपचारिक कार्यक्रमपछि पोखरा थिएटरको पाँचाँै प्रस्तुतिको नाटक ‘निरमाया’ मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा चल्नेछ । यसैगरी १६ गते ‘भारतको ब्ल्याक एण्ड ह्वाइट’, १७ गते ‘मेसेडोनियाको प्राइभेट कन्फेन्सन’, १८ गते नेपालको ‘कन्फेसन’, १९ गते नेपालकै ‘गैँडा टाइम्स’, २० गते भारतको ‘इन ट्रान्जिट’, २१ गते नेपालको ‘मेमोरी यार्ड’ र अन्तिम दिन २२ गते युथ क्रियशन थिएटर पोखराको ‘घेरो’ नाटक मञ्चन हुनेछ ।

महोत्सवमा मञ्चन हुने आठवटै नाटक हेर्न नाट्यप्रेमीले एक हजार शुल्क तिरेर महोत्सवको सदस्यता कार्ड लिन सक्ने आयोजकको भनाइ छ । नाटक मञ्चनका अलावा विभिन्न सत्रमा मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल पनि गरिने जनाइएको छ ।