• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

सत्तारुढ दल नेकपाको चर्तीकला, अयोग्य मान्छे अध्यक्ष बनाउने अर्को चलखेल



काठमाडौँ । मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ ।

संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ ।

अन्सारीले भने मंगलबार समितिलाई पठाएको छ । अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध गरेको निवेदन र त्यसैअनुसार पार्टीले बन्द सूचीबाट हटाएको भनी लेखिदिएको बेहोरासहितको पत्र बुझाएका छन् ।

उनले २०७५ साल माघ ४ गनेको मितिमा समानुपातिकको बन्द सूचीबाट नाम हटाइदिन भन्दै नेकपाका अध्यक्षलाई लेखेको पत्र समितिमा बुझाएका हुन् ।

यो पत्र सोमबारसम्म कहीँ कतै देखिएको थिएन । यसै पत्रलाई आधार बनाउँदै फागुन १० गते सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकले अन्सारीको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पत्र पनि तयार पारेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।