१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दल नेकपाको चर्तीकला, अयोग्य मान्छे अध्यक्ष बनाउने अर्को चलखेल



अ+ अ-

काठमाडौँ । मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ ।

संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ ।

अन्सारीले भने मंगलबार समितिलाई पठाएको छ । अन्सारीले भने मंगलबार समितिसमक्ष आफूले पार्टीलाई बन्द सूचीबाट नाम हटाउन अनुरोध गरेको निवेदन र त्यसैअनुसार पार्टीले बन्द सूचीबाट हटाएको भनी लेखिदिएको बेहोरासहितको पत्र बुझाएका छन् ।

उनले २०७५ साल माघ ४ गनेको मितिमा समानुपातिकको बन्द सूचीबाट नाम हटाइदिन भन्दै नेकपाका अध्यक्षलाई लेखेको पत्र समितिमा बुझाएका हुन् ।

यो पत्र सोमबारसम्म कहीँ कतै देखिएको थिएन । यसै पत्रलाई आधार बनाउँदै फागुन १० गते सम्पन्न नेकपा केन्द्रीय सचिवालयको बैठकले अन्सारीको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पत्र पनि तयार पारेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।