१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटरिना र विकीको विवाहमा सलमान खानको परिवारलाई बोलाइएन



अ+ अ-

काठमाडौँ । कटरिना केफ र विकी कौशलको यही डिसेम्बर ९ तारिखमा विवाह हुँदैछ । विवाहको तयारी करिबकरिब पूरा भइसकेको छ । विवााहका लागि डिजाइनरदेखि लिएर मेहन्दी र सङ्गीतसम्मको तयारी पूरा गरिएको छ । समाचार अनुसार कटरिना र विकीले आफ्नो विवाहका लागि अतिथिहरुलाई निमन्त्रणा पत्र पठाइसकेका छन् तर केही शर्त पनि राखेका छन् । 

विकी र कटरिनाको विवामा सहभागी हुने हस्तीहरुमा करण जौहरदेखि लिएर वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीजस्ता कयौँ कलाकारका नाम बाहिर आइरहेको छ । उता सलमान खानलाई निमन्त्रणा गरिएको बारेमा संशय देखिएको छ । केही साता पहिला सलमान उक्त विवाहमा सहभागी हुने खबरहरु आएका थिए । तर अहिले सलमानको कार्यतालिका अति व्यस्त भएकाले उनी विवाहमा जान नसक्ने हुन् कि भन्ने पनि बताइएको छ । 

यद्यपि केही समाचारमा कटरिना र विकीले सलमान र उनको परिवारलाई विवाहको औपचारिक निमन्त्रणा पत्र पठाएको दावी गरिएको छ । सलमानका बहिनीहरु अलवीरा अग्निहोत्री र अर्पिता खान शर्मालाई पनि निमन्त्रणा गरिएको छ । तर अर्पितालाई यसबारेमा सोध्दा निमन्त्रणा दिएको भन्ने कुरालाई अस्वीकार गरिन् ।

उनका अनुसार उनीहरुलाई विवाहका लागि कुनै निमन्त्रणा गरिएको छैन । सूत्रका अनुसार सलमान खानको परिवारलाई कुनै निमन्त्रणा गरिएको छैन । अलवीरा र अर्पितालाई पनि विवाहमा बोलाइएको छैन । कटरिना र विकीको विवाहमा उनीहरु सहभागी हुने खबर झुटो हो ।

सूत्रका अनुसार सलमान र कटरिनाबीच अत्यन्त व्यावसायिक कामकाजी सम्बन्ध छ । दुवैजना ‘टाइगर ३’ मा काम गरिरहेका छन् । सूत्रका अनुसार सलमानले कटरिनाको भलाइ नै चाहन्छन् । कटरिनाले विवाहपछि ‘टाइगर ३’ को फेरि शुटिङ गर्ने भएकी छिन् ।  

कटरिना र विकीको विवाह सवाई माधोपुरको चौथको बरवाडास्थित सिक्स सेन्स फोर्टमा हुनेछ । यसका लागि महारष्ट्रबाट पण्डित आउनेछन् । विवाहलाई विधिवत् रुप दिनका लागि तीनजना विशेष पण्डितलाई बोलाइएको छ । विकी र कटरिनाले विवाहमा आउने अतिथिहरुका लागि रणन्थबोर नेसनल पार्कमा स्पेसल टाइगर सफारीको व्यवस्था गरेका छन् ।