१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारदेखि पुनः वर्षा सुरु हुने



अ+ अ-

काठमाडौं । गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार (आज) मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।
‘भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, ‘शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए । नेपाल प्रवेश गरेपछि मात्रै यो जलवाष्प कति दिनसम्म रहन्छ भन्ने सकिने मौसमविद् श्रेष्ठको भनाइ छ ।

शुक्रबार केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको छ । बिहीबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी परेको थियो । पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौंआसपासका डाँडाकाँडामा समेत हिउँ परेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।