८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियाका प्रधानमन्त्रीले आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने बताए



अ+ अ-

नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार मध्ये एक हुने बताउनु भएको छ । ६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेतको नाम दिने बताउनु भएको छ । 

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरू मध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछुु ’ उहाँले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्न क्रममा यो कुरा बताउनु भएको कम्बोडियाको एक टेलिभिजनले जनाएको छ ।
 
४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य हुनुहुन्छ । उहाँ रोयल कम्बोडियन सशस्त्र बलका उप कमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि हुनुहुन्छ । (रासस-सिन्ह्वा)