२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय १६ किमी बाटोको भाडा करिब २५ सय



अ+ अ-

जाजरकोट । यातायात व्यवसायीले जाजरकोट–डोल्पा सडकखण्डमा यात्रुसँग मनपरी भाडा असुल्ने गरेका छन् । एक सय १६ किलोमिटर सडकमा दुई हजार तीन सय ५० रुपैयाँ भाडा लिने गरेका छन् । यति भाडा असुले पनि यात्रुलाई भने कम्ता सास्ती छैन । ठाउँ–ठाउँमा ओर्लेर हिँड्नुपर्छ । यो सडकखण्डमा ट्र्याक खुलेसँगै गाडी चल्न थालेपछि यात्रु झन् मारमा परेका हुन् ।

जाजरकोटदेखि डोल्पा पुग्न विभिन्न सिधै गाडी चल्दैन् । खण्ड–खण्डमा यात्रा गर्नुपर्छ । जाजरकोट सदरमुकामदेखि तल्लुसम्म सात सय भाडा लाग्छ । त्यसपछि सात सय रुपैयाँमै रुकुमको अनाहदेखि डोल्पाको करबगाडसम्म पुगिन्छ । करबगाडदेखि खदाङसम्म पुग्न फेरि एक सय ५० रुपैयाँ तिर्नुपर्छ । त्यहाँबाट त्रिपुराकोटसम्म पुग्न अर्को गाडी चढ्नुपर्छ । खदाङदेखि त्रिपुराकोटसम्म चार सय भाडा लाग्छ । त्यसपछि सुपानीदेखि दुनै पुग्न चार सय भाडा तिर्नुपर्छ ।

‘भाडा चर्को छ, यात्रु ठगिएका छन् । स्थानीय सरकार केही बोल्दैन,’ जाजरकोटको नलगाडका बद्री पन्तले भने । यसरी चर्को भाडा लिँदा यात्रुलाई टिकट भने दिने गरिएको छैन । स्थानीय प्रशासनसँग उजुरी गर्ने डरले टिकट नदिने गरिएको यात्रुको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।