२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-पाक तनावले नेपालको उडान प्रभावित



अ+ अ-

काठमाडौं । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।

‘पाकिस्तानको आकाश प्रतिबन्ध भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेका छन्।’ साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानिस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँदिल्लीको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे।

‘त्यो नेपालका लागि सबैभन्दा छिटो र मितव्ययी बाटो हो,’ ती अधिकारीले भने, ‘पाकिस्तानले भारत आउने जहाजलाई आफ्नो आकाशमा छिर्न नदिएपछि त्यो रुटबाट नेपाल आउने जहाज उड्न पाइरहेका छैनन्, नयाँ रुटले यात्रुलाई बढी समय, विमान कम्पनीलाई ज्यादा खर्च र प्रशासनिक भार थप गरिदिएको छ।’ प्राधिकरणका अनुसार यसरी महाराष्ट्र हुँदै नयाँ मार्गबाट नेपाल आउने जहाजले ४५ मिनेट बढी उडान भर्नुपर्छ।

‘४५ मिनेट बढी उडाउँदा जहाजको खर्च पनि बढ्ने नै भयो, यसबापत यात्रुसँग बढी भाडा लिन नपाइने हुनाले एयरलाइन्सहरूलाई अप्ठेरो परेको छ,’ ती अधिकारीले भने, ‘भारतीय आकाशमा जहाजको चाप बढी परेकाले विमानहरूले समयमै उडान भर्न र बाटो पाउन पनि मुस्किल पर्दै गएको छ।’

यसरी रुट परिवर्तन गर्नुपर्दा आएको कठिनाइका कारण टर्किस एयरलाइन्सले काठमाडौंबाट तोकिएको मंगलबारको उडान रद्द गरेको थियो भने त्यसका कारण सयौं यात्रुले सास्ती पाएका थिए। कान्तिपुर दैनिकले समाचार छापेको छ ।