• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

देउवाले निर्मलाको घरमै पुगेर भने- ढिलो चाँडो अपराधी पत्ता लाग्छ, कांग्रेसले पहल गर्छ



कञ्चनपुर । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन् । देउवाले निर्मलाकी आमालाई भेटेर ढिलो चाँडो अपराधी पत्ता लागाउने आश्वासन दिएका हुन् ।

शुक्रबार भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमै पुगेर देउवाले भने , ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ, बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन, हामीले पनि आवश्यक पहल गरिरहेको छौ । उनले हत्यारा राजनीति झण्डा बोकेको कार्यकर्ता वा नेता भएपनि चाढै न कठघरामा लयाइने भन्दै ढुक्क भएर बस्न हुन आग्रह गरेका हुन् ।

दुर्गादेवीले घटना भएको ७ महिना पूरा हुँदा पनि हत्यारा पत्ता नलागेकाले सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले लगातारको धर्नाले बिरामी भएका श्रीमान् यज्ञराज र निर्मलाकी कान्छी आमा लक्ष्मी उपचारका लागि काठमाडौँ गएकाले त्यसमा पनि आवश्यक सहयोग गरिदिन आग्रह गरिन्।

परिवारलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य एनपी सावद लगायत स्थानीय नेता तथा कार्यकर्ताहरु समेत पुगेका थिए।