८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी छाप कीर्ते गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट नक्कली प्रमाणपत्रसमेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाइएको महाशाखाले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक मोहन थापाले उनीहरुको विषयमा आज जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गर्न लागिएको जानकारी दिए ।