२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अवरुद्ध



अ+ अ-

रुकुम (पूर्व) । रुकुम (पूर्व) लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् ।

रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

यातायातका साधन ठप्प हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारम्बारको हिमपातले सडकमा हिउँ थुप्रिदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

हिउँ जमेपछि रुकुम ९पूर्व० बाट बागलुङ, पोखरा हुँदै काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् । सडक अवरुद्धकै कारण ढोरपाटन शिकार आरक्ष पुग्ने मानिस पनि रुकुमकोटमै बसिरहेका छन् । हिउँ नपग्लिँदा उक्त सडकखण्ड पूर्णरुपमा यातायातका साधन ठप्प भएको स्थानीय मरिचमान पुनले बताए ।

अस्थायी सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरासम्म यातायातका साधन पुग्ने गरे पनि त्योभन्दा माथि हिउँका कारण जान सकेका छैनन् । गैठी, बेल्चाले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरे पनि चिसोको कारण सम्भव नभएको पुनले बताउनुभयो । पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि त्यस क्षेत्र शून्य भएको छ ।