२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनन्दन भारत आइपुगे



अ+ अ-

वाघा बाेर्डर, भारत । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्धमानलाइ पाकिस्तानले भारत समक्ष शुक्रबार साँझ बुझाएकाे छ । उनकाे स्वागतका लागि भारत–पाकिस्तान वाघा सीमा नाकामा हजारौं भारतीय जम्मा भएका थिए ।

इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन बर्धमान वाघा सीमा नाका हुँदै भारत प्रवेश गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गर्नुभएको थियो ।

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो तर पाकिस्तानी सेनाले अाफूले भारतीय लडाकू मिग२१ विमान खसालेकाे बताएकाे छ । अभिनन्दन भने प्यारासुटको मद्दतबाट सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो ।

अभिनन्दनको स्वागतका लागि वाघामा भेला भएका भारतीयहरुले बिहानैदेखि राष्ट्रभक्तिका गीत सहित नाचगान गर्नुका साथै भारतको झण्डा फहराएका थिए ।

अभिनन्दनकाे स्वागतका लागि भारतीय सञ्चार माध्यमहरूले बढाइचढाइ प्रचार गरिरहे पनि शुक्रबार काश्मिरमा जारी हिंसामा चार जना भारतीय सैनिक मारिएका छन् ।