२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनन्दन भारत आइपुगे



अ+ अ-

वाघा बाेर्डर, भारत । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्धमानलाइ पाकिस्तानले भारत समक्ष शुक्रबार साँझ बुझाएकाे छ । उनकाे स्वागतका लागि भारत–पाकिस्तान वाघा सीमा नाकामा हजारौं भारतीय जम्मा भएका थिए ।

इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन बर्धमान वाघा सीमा नाका हुँदै भारत प्रवेश गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गर्नुभएको थियो ।

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो तर पाकिस्तानी सेनाले अाफूले भारतीय लडाकू मिग२१ विमान खसालेकाे बताएकाे छ । अभिनन्दन भने प्यारासुटको मद्दतबाट सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो ।

अभिनन्दनको स्वागतका लागि वाघामा भेला भएका भारतीयहरुले बिहानैदेखि राष्ट्रभक्तिका गीत सहित नाचगान गर्नुका साथै भारतको झण्डा फहराएका थिए ।

अभिनन्दनकाे स्वागतका लागि भारतीय सञ्चार माध्यमहरूले बढाइचढाइ प्रचार गरिरहे पनि शुक्रबार काश्मिरमा जारी हिंसामा चार जना भारतीय सैनिक मारिएका छन् ।