• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मन्त्री पुनको स्वास्थ्यमा सुधार



काठमाडौँ । ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार अचानक अस्वस्थ भएपछि उहाँ उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । उहाँका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ ।

उहाँको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न हुनुहुन्छ । मन्त्री पुन अस्पताल भर्ना हुनभएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । यस्तै आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।