१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यावरण र प्रकृति जोगाएर विकास गरौंः राष्ट्रपति भण्डारी



अ+ अ-

कपिलवस्तुः राष्ट्रपति विद्यादेवी भण्डारीले देशका परम्परागत धर्म, कला र संस्कृतिको सम्मान गर्नु पर्नेमा जोड दिनु भएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटनका अवसरमा संक्षित मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले कपिलवस्तु समेतका तराई मधेशका जिल्लाको समग्र विकासका लागि चुरे क्षेत्रको संरक्षण अपरिहार्य रहेको बताउनुभयो ।

पर्यावरण र प्रकृति जोगाएर विकास गर्न आह्वान गर्दै राष्ट्रपति भण्डारीले हामीले हाम्रा भावी सन्ततीलाई पर्यावरण र प्रकृति सही अवस्थामा छाड्न सक्नु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारी त्यस आश्रममा पुग्नु हुँदा आश्रमका प्रमुख, पदाधिकारी एवं अन्य स्थानीय महानुभावले स्वागत गर्नु भएको थियो ।