१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुद्वारा त्रिविका पदाधिकारीको कार्यालयमा तालाबन्दी



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटालगायतका पदाधिकारीको कार्यकक्षमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तालाबन्दी गरेको छ ।

अनेरास्ववियुले उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र रजिष्टारको कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् ।

करार उपप्रध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय तुरुन्त फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न भन्दै अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबहाक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै माग राखेका छन् । आफुहरुको माग सुनुवाइ नभएसम्म तालाबन्दी कायमै रहेन उनीहरूको भनाई छ ।