९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भेनेजुएला सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न रुस तयार

भेनेजुएला सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न रुस तयार
अ अ+ अ-

मस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले शनिबार बताउनु भएको हो ।

विदेश मन्त्री लाभरोभले जारी गरेको वक्तव्यमा भेनेजुएलाका बारेमा आफूले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफल गरेको उल्लेख गर्नु भएको छ ।

लाभरोभले पोम्पेओसँग टेलिफोनमा कुराकानी गर्दै भेनेजुएलाको अवस्था, सङ्कट समाधानको उपायलगायतका बारेमा कुराकानी गरेको पनि जानकारी दिनु भएको छ ।

“भेनेजुएलाका बारेमा मैले वासिङ्टनसँग छलफल गरेको छु, अमेरिकासँग भेनेजुएलाको सङ्कट समाधानको निकास निकाल्न सकिन्छ, तर राष्ट्रसंघीय घोषणापत्रलाई भने मान्नु पर्दछ,” लाभरोभले वक्तव्य मार्फत् भन्नुभएको छ ।

संयुक्तराज्य अमेरिकाले विपक्षी नेता गुएइदोलाई मान्यता दिँदै उहाँको नेतृत्वका लागि कुटनीतिक अभियान चलाएको छ ।

रूसले भेनेजुएलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने पनि रूसी विदेश मन्त्री लाभरोभले बताउनुभएको छ ।

“हामीले अत्यधिक निकटमा रहेर भेनेजुएलाको समस्याबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौँ,” लाभरोभले भन्नुभयो ।

उहाँले थप्नुभयो, “वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो ।”

आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुएलामा प्रतिपक्षी नेता हुँवा गुएइदोले गत जनवरीमा आफूलाई स्वघोषित रूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक सङ्कटतर्फ गइरहेको छ । मदुरोले वैधानिकता गुमाएको दावी गुएइदोले गर्दै आउनुभएको छ ।

मदुरो र उहाँका रूस लगायतका सहयोगीले भेनेजुयलाको सरकारविरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ ।