८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल बन्द भयो भनेर हल्ला चलाउनेलाई कारबाही गरिने



अ+ अ-

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा फेसबुक बन्द भन्ने गलत हल्ला चलाउने व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । शनिबार सामाजिक सञ्जालमा सूचना तथा सञ्चार मन्त्रालयको गलत नाम लेखी सरकारको निशाना छापको समेत नक्कली प्रयोग गरी यस्तो भ्रम फैलाईएको थियो ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तीमा सामाजिक संजाल पूर्ण रुपमा बन्द भन्ने हल्ला फैलाएको र उक्त पोष्टमा नकारात्मक टिप्पणी भएको प्रति मन्त्रालयको गम्भिर ध्यानकर्षण भएको उलख्ले गरिएको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तीमा सरकारले त्यो अफवाह फैलाउनेलाई कारबाहीको प्रक्रिया सुरु गरिसकेको समेत जनाएको छ । यस्तो अफवाह पोष्ट गर्ने सबैलाई फेसबुकबाट त्यो सूचना हटाउनको लागि आग्रह गरिसकिएको मन्त्रालयले जनाएको छ।