८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’

सुगौली सन्धि रद्द भैसक्यो, नेपालको भू-भाग भारतसँग फिर्ता लिऔं : नेपाल

सुगौली सन्धि रद्द भैसक्यो, नेपालको भू-भाग भारतसँग फिर्ता लिऔं :  नेपाल
अ+ अ-

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिपूर्वको नेपाली भूमिमा भारतले कब्जा जमाएको भन्दै भूमिको फिर्ता माग गरेको छ । मोर्चाले सन्धिको समाप्ति भएपनि आफ्नो भूमिमा भारतको उपनिवेश भएको भन्दै त्यसको अन्त्य गर्न माग गरेको हो ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएकोले सन्धिको समाप्तिपछि उक्त भूमि नेपालको हुनुपर्ने धारण राखेका छन् । उक्त बिषयलाई संसदमा छलफलको विषय बनाउन माग गरेको छ ।

मोर्चाका अनुसार बेलायतले सन् १९४७ जुलाई १८ को इन्डिया इन्डिपेन्डेन्स एक्ट अनुसार आफ्नो औपनिवेशिक क्षेत्र परित्याग गरेकोमा नेपाली भूमि पनि सन् १९४७ अगस्त १४ र १५ मै स्वतन्त्र भैसकेको हुनुपर्ने थियो ।

त्यस्तै मोर्चाले नेपाल र भारतबिच सन् १९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको जनाएको छ । नेपाल र बेलायतबिच सन् १९५० अक्टोबर ३० मा भएको सन्धिको प्रस्तावना र धारा ८ अनुसार पनि सुगौली सन्धि रद्द भैसकेको छ ।



बेलायतले सन् १९४७ र १९४८ मादक्षिण एसियाली क्षेत्र छाडेको ७३ वर्ष भैसकेको छ । ‘यति लामो अन्तरालमा विश्वबाट उपनिवेशको अन्त्य भैसकेको भए पनि नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएको छ।



विज्ञप्तिमा नेपालले मार्च चारमा तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन भएको र यसको वैधतामाथि केही अहम् प्रश्नहरू उठेकाले नेपाल सरकारसमक्ष सो सन्धिपूर्वको जमिन फिर्ता लिन आग्रह गरेको जनाएको छ ।

सन् १८१६ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेयता २०३ वर्ष बितिसकेका छन् ।