११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भगवान् शिवले पार्वतीलाई सुनाएका “शिकारीको कथा” (पूरा)

भगवान् शिवले पार्वतीलाई सुनाएका “शिकारीको कथा” (पूरा)
अ अ+ अ-

एक पल्ट पार्वतीजीले भगवान् शिवशङ्करसँग सोधिन्, यस्तो कुन चाही श्रेष्ठ तथा सरल व्रत पूजन छ, जसबाट मृत्युलोकका प्राणीले तपाईको कृपा सजिलै प्राप्त गर्दछन् ? उत्तरमा शिवजीले पार्वतीलाई शिवरात्रीको व्रतको विधान बताएर यो कथा सुनाए—— एउटा गाँउमा एक शिकारी बस्तथ्यो। पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पालनपोषण गर्थ्यो। ऊ एउटा साहूको ऋणी थियो, ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसले त्यो ऋण चुकाउन सकेको थिएन। भाका नाघेपछि एक दिन क्रोधित साहूले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्री थियो।

शिकारी ध्यानमग्न भएर शिव सम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्री व्रतको कथा पनि सुन्यो। कथा श्रवणको प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुक्ता गर्ने वचन दिएर बन्धनबाट छट्यो। आफ्नो सधैंको दिनचर्या सरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोक प्यासबाट व्याकुल थियो। एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो। बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन ।

रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे। यसरी दिनभरि भोकै प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो। एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीणीले भनी, म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु। यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु१ु शिकारीले प्रत्यञ्चा खुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो ।

केही बेरपछि एउटा अर्को पोथी मृग पुनः तालाउमा देखा पर्यो। शिकारीको प्रसन्नताको ठेगान भएन। नजीकै आएपछि उसले धनुषमा बाण चढायो। तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगीणीले विनम्रतापूर्वक निवेदन गरी, हे शिकारी१ म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु। यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौंतारिदै छु। म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजीक आउने छु। शिकारीले उसलाई पनि छाड्यो। दुईदुई पटक शिकारलाई गुमाएर उसको टाउको रन्कियो। उ चिंतामा डुब्यो। रातको अन्तिम पहर बित्यो। त्यसवेला एउटी अर्की मृगिणी आफ्ना बच्चाहरूसँगै त्यही ठाउँमा आइपुगी।

शिकारीका लागि यो स्वर्णिम अवसर थियो। उसले धनुषमा बाण चढाउन ढिलो गरेन । उसले अस्त्र प्रयोग गर्नै आँटेको मात्र के थियो, त्यस मृगले पनि अनुरोध गरी,हे शिकारी! म यी बच्चाहरूलाई यिनका पिताको जिम्मा लगाएर फर्की आउने छु, त्यसैले अहिले मलाई नमार। शिकारी हाँस्यो र भन्न थाल्यो, आँफू अगाडि आएको शिकारलाई म कसरी छाडौं, म मूर्ख त हैन नि ! यसभन्दा पहिले नै मैले दुईपल्ट आफ्नो शिकार गुमाइसकेको छु। मेरा बच्चाहरू भोक र प्यासले घरमा छटपटिंदै होलान् म चाँहि हातमा आएको शिकार त्याग्दै बस्दै गरेको छु। उत्तरमा मृगिणीले फेरि पनि अनुरोधात्मक स्वरमा भनी, तिमीलाई जसरी आफ्ना बालबच्चाको ममताले सताउँदै छ, ठीक त्यस्तै अवस्था हो मेरो पनि। त्यसैले केवल बालबच्चाका निमित्त केही बेरका लागि जीवनदानको याचना गर्दछु। हे मनुष्य १ मेरो विश्वास गर, म यिनलाई यिनका पिताका जिम्मा लगाएर तुरुन्त फर्कने प्रतिज्ञा गर्दछु। मृगको दीन वचन सुनेर शिकारीलाई त्यसमाथि पनि दया पलायो। उसले त्यो शिकार पनि त्याग गर्यो ।

शिकारको अभावमा बेल वृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो। अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले, त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो। शिकारीले यसको शिकार चाँहि अवश्य गर्नुपर्ने विचार गर्यो। शिकारीले हान्न ठिक बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, हे शिकारी भाइ१ यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनीत कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन। म ती मृगिणीहरूको पति हूँ। यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर। म तिनीहरूसँग भेट गरी तिम्रा सामु उपस्थित हुनेछु।

मृगका कुरा सुनेपछि शिकारी सम्मुख पूरा रातको घटनाचक्र घूम्यो, उसले सारा कथा मृगलाई सुनायो। तब मृगले भन्यो, मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिमा तिनीहरूको कार्य सम्पन्न हुनेछैन। अतः जसरी तिमीले उनलाई विश्वासपात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जानदेऊ। म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु।ु जानीनजानी उपवास, रात्रि जागरण तथा शिवलिङ्गमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो। उनमा भगवद्शक्तिले निवास गरेको थियो। धनुष तथा बाण उनको हातबाट सहजै छूट्न पुग्यो। भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक भाव विभोर भयो। त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आँफू पश्चातापको ज्वालामा बल्न लाग्यो। केहीबेरपछि त्यो मृग सपरिवार शिकारीसमक्ष उपस्थित भयो।

जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानि भयो। उसका आँखाबाट आंसुको वर्षा हुन थाल्यो। उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो। देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए। घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे। शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो ।