• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना

वैज्ञानिकको नयाँ खोज : एक ग्रह जहाँ १६ घण्टाको एक वर्ष हुन्छ



एजेन्सी । वैज्ञानिकहरूले ब्रम्हाण्डमा निरन्तर नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका छन् । हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् । अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ ।

वैज्ञानिकहरूले उक्त नयाँ ग्रहको नाम TOI-2109b राखेका छन् । यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो । यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ । अल्ट्राहट जुपिटर पनि भनिने यो ग्रहमा विशाल ग्याँस भण्डार छ । यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ ।
यो ग्रहको घनत्व बृहस्पति ग्रहको भन्दा पाँच गुणा धेरै छ र बृहस्पति ग्रह जस्तै तातो छ ।

वैज्ञानिकहरूका अनुसार अहिलेसम्म ४ हजार भन्दा धेरै यस्ता ग्रहहरू पत्ता लागिसकेका छन् जो सौर्यमण्डलभन्दा बाहिर छन् । तीमध्ये कतिपय ग्रह त यस्ता छन् जसले हाम्रो पृथ्वीभन्दा हजारौँ प्रकाश वर्ष टाढा रहेका ताराको परिक्रमा गरिरहेका हुन्छन् ।

पछिल्लोपटटक पत्ता लागेको ग्रह सबैभन्दा अनौठो हुनुको कारण यसले केवल १६ घण्टामै आफ्नो ताराको परिक्रमा गर्नु हो । जसका कारण यसमा केवल १६ घण्टामै एक वर्ष हुन्छ । यसको एक वर्ष त पृथ्वीमा एक दिनपनि हुँदैन ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट अन्तरगत MIT नेतृत्वको अनुसनधान मिसनले उक्त नयाँ ग्रह पत्ता लगाएको हो । यो ग्रह आफ्नो ताराको नजिक कसरी जान्छ भन्ने कुरा एक दुई वर्षमै पत्ता लगाइसक्ने प्रमुख अनुसन्धानकर्ता इयान वोंग बताउँछन् ।