६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको फोहोरा, अश्रुग्याँस र बुट हान्दा पनि सट्टा शिक्षक बानेश्वर तिर जादैँ



अ+ अ-

काठमाडौँ । शिक्षा विधेयकविरुद्ध आन्दोलन गरिरहेको स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समिति आजपनि बानेश्वर तिर जादैँ छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वर जान लागेको हो ।

प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षक बानेश्वर जान लागेका हुन् । उनीहरूले आइतबार र सोमबार पनि बानेश्वर गएका थिए।

आइतबार र सोमबार पनि बानेश्व गएका शिक्षकमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । शिक्षकहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा आइतबार पानीको फोहोरा र सोमबार पानीको फोहोराका साथै अश्रुग्याँस, लाठ्ठि,मुक्का र बुट बर्साउको थियो ।

स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका थिए ।

उनिहरुले रोजगारलाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरेकोले सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै विरोधमा उत्रिएका हुन् ।

मुलुकभर ४० हजार राहत शिक्षक छन्। शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ।